Breaking News

चितवनमा सोमबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन, साउन २६–

चितवनमा आज (सोमबार) थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।

संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिका वडा नंं.११ र ८ का ३७ र ४६ वर्षका पुरुष र ४१ वर्षकी महिला रहेका छन् । पुरुषहरु क्वारेन्टिनमा बसेका थिए भने महिला क्वारेन्टिन बाहिरका हुन् ।

सोमबार शनिबार कोरोना पुष्टि भएका प्रहरी, बैंकका कर्मचारीको ट्रेसिङ गरिएका स्वाबसहितका २५० वटा नमुनाको परीक्षण गरिएको थियो । जसमध्ये कुल १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अन्य १० जना भने रुपन्देही जिल्लाका रहेका छन् ।

बुटवल र भैरहवाका ८ जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् । संक्रमण पुष्टि हुने पुरुषहरुमा २३ देखि ७५ वर्ष उमेर समूहका रहेका छन् भने २१ र ३२ वर्ष उमेरका दुई जना महिला रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>