Breaking News

गोंगबु हत्या प्रकरणः चितवनको रत्ननगरबाट एक महिला पक्राउ

Banner

चितवन, साउन २६–

पूर्वीचितवनको रत्ननगरस्थित माधवपुरबाट एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँको गोंगबुस्थित गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको हत्या गरेर फालेको आरोपमा कल्पना शाहीलाई पक्राउ गरिएको हो । ती महिलालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय भरतपुरमा ल्याईएको छ । ती महिलासंगै अन्य व्यक्तिको पनि अनुसन्धान भइरहेको चितवन प्रहरी स्रोतले जनाएको छ ।

गोंगबुमा आइतबार विहान बोहराको शरीरको मुख्य भाग सुटकेशमा तथा टाउको र बुट्टा जेब्रा झोलामा फेला परेको थियो । आज मृतक बोहराको शवको सनाखत गरेपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै चितवन तर्फ केन्द्रित भएको थियो ।

गोंगबुस्थित नवज्योती मार्गमा रहेको किरण बस्नेतको घरको तेस्रा तल्लामा हत्या गरेर बोहराको शवलाई ५० मिटर पर सडकमा फालिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>