चितवन विशेष

नारायणी कलामन्दिरले निकाल्ने रोपाइँ जात्रा स्थगित

Banner

चितवन, साउन २६–

चितवनमा वर्षेनी हुँदै आइरहेको रोपाइँ जात्रा यसवर्ष स्थगित गरिएको छ ।

नारायणी कला मन्दिर नारायणगढको आयोजनामा वर्षेनी श्रीकृष्ण जन्माष्टमीका दिन रोपाइँ जात्रा निकालिदै आइएको थियो । यसवर्ष कोरोना भाइरस (कोभिड–१९) कारण रोपाइँ जात्रा स्थगित गरिएको रोपाइँ जात्राका संयोजक सुबिर श्रेष्ठले जानकारी दिए । उनले नारायणी अनलाइनसंग भने–‘चितवनमा पछिल्ला दिनमा फेरि कोरोना संक्रमण फैलदै गएकाले सुरक्षाको दृष्टिकोणले यसवर्ष रोपाइँ जात्रा स्थगित गरेका हौं, आगामि वर्षदेखि पुनः निरन्तरता दिन्छौं ।’

भोलि (मंगलबार) श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै छ । भोलिकै दिनमा साँझदेखि रोपाइँ जात्रा निकालिदै आइएको थियो । नारायणी कला मन्दिरबाट निकालिदै आइएको रोपाइँ जात्रा नारायणगढको विभिन्न क्षेत्रमा परिक्रमा गरिदै आइएको थियो ।

रोपाइँ जात्रामा स-साना बालबालिकाहरुलाई श्रीकृष्णको भेषमा बजार परिक्रमा गरिदै आइएको थियो । कलासँस्कृतिको संरक्षणका लागि कलामन्दिरले विभिन्न संघसंस्था र समुदायको उपस्थितिमा रोपाइँ जात्रा निकाल्दै आइरहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>