चितवन विशेष

विद्यार्थी नेता भण्डारीमाथि टाँडीमा भएको आक्रमणको अनेरास्ववियूद्वारा निन्दा

Banner

चितवन, साउन २६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियू चितवनले अनेरास्ववियू केन्द्रीय सदस्य सरोज भण्डारीमाथि भएको साङघातिक आक्रमणको घोर निन्दा गरेको छ ।

भण्डारीलाई आइतबार साँझ रत्ननगर नगरपालिकाको टाँडी शान्तिचोकमा अज्ञात समूहले आक्रमण गरी घाइते बनाएको भन्दै अनेरास्ववियुले घटनाको निन्दा गरेको हो । अनेरास्ववियूका चितवन जिल्ला संयोजक प्रकाश आचार्य र सहसंयोजक बसन्त आचार्यले संयुक्तरुपमा सोमबार प्रेषित गरेको विज्ञप्तिमा घटनाको तत्काल छानबिन गरी आक्रमणकारीलाई पक्राउ गरी कानुनी कारबाही गर्न प्रशासन समक्ष अनुरोध गरिएको छ । विज्ञप्तिमा घाइत सरोज भण्डारीको स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>