चितवन विशेष

विद्यार्थी नेता भण्डारीमाथि टाँडीमा भएको आक्रमणको अनेरास्ववियूद्वारा निन्दा

०
Banner

चितवन, साउन २६ –

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियू चितवनले अनेरास्ववियू केन्द्रीय सदस्य सरोज भण्डारीमाथि भएको साङघातिक आक्रमणको घोर निन्दा गरेको छ ।

भण्डारीलाई आइतबार साँझ रत्ननगर नगरपालिकाको टाँडी शान्तिचोकमा अज्ञात समूहले आक्रमण गरी घाइते बनाएको भन्दै अनेरास्ववियुले घटनाको निन्दा गरेको हो । अनेरास्ववियूका चितवन जिल्ला संयोजक प्रकाश आचार्य र सहसंयोजक बसन्त आचार्यले संयुक्तरुपमा सोमबार प्रेषित गरेको विज्ञप्तिमा घटनाको तत्काल छानबिन गरी आक्रमणकारीलाई पक्राउ गरी कानुनी कारबाही गर्न प्रशासन समक्ष अनुरोध गरिएको छ । विज्ञप्तिमा घाइत सरोज भण्डारीको स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>