Breaking News

वाग्मती प्रदेश सरकारद्वारा विपदमा परेका स्थानीय तहलाई पौने दुई करोड सहयोग

Banner

हेटौंडा, साउन २६-

वाग्मती प्रदेश सरकारले बाढी पहिरोबाट क्षति पुगेका स्थानीय तहलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

वागमती प्रदेश  विपद ब्यवस्थापन निर्देशक समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले ८ वटा गाउँपालिका र एउटा नगरपालिकाका विभिन्न क्षेत्रमा भएको क्षतिका आधारमा सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

समितिको निर्णय अनुसार धादिङको बेनिघाट रोराङ गाउँपालिकालाई ३० लाख, धादिङकै सिद्दलेक गाउँपालिका र गजुरी गाउँपालिकालाई २०\२० लाख, नुवाकोटको बेलकोटगढी नगरपालिका २० लाख, सिन्धुपाल्चोकको पाचपोखरी थाङपाल गाउँपालिकालाई १५ लाख र बाह्रबिसे नगरपालिका थप १५ लाख, दोलखाको गौरीशंकर गाउपालिकालाई ३० लाख, कालिञ्चोक गाउपालिकालाई १५ लाख र बिगु गाउँपालिका १५ लाख आर्थिक सहयोग गर्ने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुभयो । बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, प्रमुख सचिव मानबहादुर विकेलगायत सहभागी हुनुहुन्थ्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>