Breaking News

कावासोतीमा लागूऔषधसहित भरतपुरका थापा पक्राउ

Banner

ज्ञानु पंगेनी

नवलपुर, साउन २५-

नवलपुरको कावासोती नगरपालिकाबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व(नवलपुर) ले दिएको जानकारी अनुसार कावासोती नगरपालिका– १६ तिनघरे चोक स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश–३ ०३ ००१ प ५९५९ नम्बरको स्कुटी जाँच गर्ने क्रममा चितवन भरतपुर महानगरपालिका १२ बस्ने ३१ वर्षका सुरेन्द्र थापा लागूऔषधसहित पक्राउ परेका हुन् ।

थापाको साथबाट फेनरागन १५६, नुफ्रिन १५६ र डाईजोपाम १५६ गरी जम्मा ४६८ एम्पुल लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>