Breaking News

पछिल्लो २४ घण्टामा ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि

Banner

काठमाडौं, साउन २५-

नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २२ हजार ९७२ पुगेको छ ।

विभिन्न ३७ प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा उक्त संख्यामा कोरोना संक्रमित थपिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४० जना डिस्चार्ज भएका छन्। हालसम्म संक्रमणमुक्त हुने संख्या १६ हजार ३ सय ५३ पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>