Breaking News

बुद्धबारे भारतीय विदेश मन्त्रीको अभिव्यक्ति आपत्तिजनक: नेपाली कांग्रेस

Banner

काठमाडौं, साउन २५-

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गौतम बुद्धको जन्मस्थानबारे भारतीय विदेश मन्त्री एस जयशंकरको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन् । बुद्ध महान भारतीय हुन् भन्ने जयशंकरको भनाइ सार्वजनिक भएपछि शर्माले यसको विरोध गरेका हुन् ।

‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन् । त्यो भाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्यविरुद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रति हाम्रो गम्भीर आपत्ति छ,’ प्रवक्ता शर्माले समाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्‍याउने कार्य हाम्रा लागि किमार्थ स्विकार्य छैन ।’

२०७२ सालमा नेपालमा नाकाबन्दी लगाउँदा विदेश सचिव रहेका जयशंकरले शनिबार आयोजित एक भर्चुअल सम्मेलनमा गौतम बुद्धबारे विवादित अभिव्यक्ति दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>