Breaking News

गोंगबुमा विभत्स हत्या : सुटकेसभित्र टाउकोविनाको शव, पोस्टमार्टमका लागि टिचिङ लगियो

Banner

काठमाडौं, साउन २५-

राजधानीको गोंगबुस्थित गणेशस्थान नजिकै बेवारिसे अवस्थाको सुटकेशमा शव फेला परेको छ।

हत्यापछि सुटकेशमा फालेको शव फेला परेपछि प्रहरीले अनुसन्धान तीव्र बनाएको छ । घटनास्थलमा पुगेको प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान थालेको छ । घटनास्थलमा तालिम प्राप्त कुुकुरको प्रयोग गरिएको छ । मृतक अन्दाजी ४० देखि ४५ वर्ष उमेर समूहका पुरुष रहेका छन् । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हत्या गरिएका व्यक्तिको पहिचान खुल्न सकेको छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>