चितवन विशेष
विपन्न परिवारलाई तरुण दल चितवनको खाद्यान्न सहयोग

चितवन, साउन २४–
नेपाल तरुण दल चितवनले भरतपुर महानगरपालिका–२४ का विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ । शनिबार एक कार्यक्रमकाबीच नेपाली काँग्रेस भरतपुर महानगरपालिका–२४ वडा समितिको संयोजनमा विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको हो ।
कार्यक्रमका अतिथिहरु नेपाली काँग्रेस चितवनका नेता राजेश्वर खनाल, नेपाल तरुण दल चितवनका अध्यक्ष राजन ताम्राकार र क्षेत्रीय सभापति (चितवन क्षेत्र नं.३ (ख)का सभापति लालबहादुर दवाडीलगायतले खाद्यान्न सामग्री हस्तान्तरण गरेका थिए ।
नेपाली काँग्रेस वडा नंं.२४ का सभापति गुञ्जबहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि मित्रनिधि तिवारी, सुरेश परियार, काँग्रेसका क्षेत्रीय सहसचिव रामु कुवँर, क्षेत्रीय प्रतिनिधि कृष्णबहादुर भुजेल, चण्डी अधिकारी, नेविसंघ सप्तगण्डकी बहुमुखी क्याम्पसका इकाई सभापति राजेश भुषाल, तरुण दल महाधिवेशन प्रतिनिधि राजकुमार लामा, नेपाल तरुण दल क्षेत्र नं.३ का अध्यक्ष कृष्ण गुरुङलगायतको उपस्थिति रहेको थियो ।
























