Breaking News
प्रहरीमा कोरोना देखिएपछि चितवन ट्राफिक प्रहरी कार्यालय शिल

चितवन, साउन २४–
जिल्ला ट्राफिक प्रहरी कार्यालय भरतपुरलाई केहीदिनका लागि शिल गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय भरतपुरमै कार्यरत प्रहरी जवानमा शनिबार कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि ट्राफिक प्रहरी कार्यालयलाई केहिदिनका लागि शिल गरिएको ट्राफिक प्रहरी प्रमुख दयाकृष्ण भट्टले नारायणी अनलाइनलाई जानकारी दिए ।
आफ्नै कार्यालयमा कार्यररत, दिनरात खटिने जवानमा संक्रमण देखिएपछि शिल गर्नुपरेको बताए ।
उनले ट्राफिक कार्यालय भित्र बस्ने सबै प्रहरीको कोरोना परीक्षण पछि मात्रै निरन्तर सेवा प्रदान गरिने बताए । जिल्ला ट्राफिक कार्यालय भित्र रहेर कार्यरत सबै प्रहरीलाई बाहिर निस्कन दिइने छैन । जिल्लाका अन्य विभिन्न बिटमा खटिएका ट्राफिक प्रहरीबाट नियमित चेकजाँचलाई अघि बढाइने प्रमुख भट्टले बताए ।
शनिबार नेपाल प्रहरीका दुई, शसस्त्र प्रहरीका एक र जिल्ला प्रहरी कार्यालय भित्र रहेका एक थुनुवा गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । थुनुवामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय भित्रको थुनुवा कक्ष समेत शिल गरिएको छ ।























