Breaking News

वाणिज्य बैंक भरतपुरका कर्मचारीलाई कोरोना संक्रमण, बैंकमा जानेलाई क्वारेन्टिनमा बस्न प्रशासनको आग्रह

०
Banner

चितवन, साउन २४–

चितवनमा आज (शनिबार) कोरोना पुष्टि भएका मध्ये एक जना राष्ट्रिय बाणिज्य बैंक भरतपुर चौविसकोठी शाखामा कार्यरत कर्मचारी रहेको खुलेको छ ।

बैंकको फ्रन्ट डेस्कमै कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

प्रजिअ भट्टराईले कर्मचारीमै कोरोना संक्रमण देखिएपछि केहीदिन यता सो बैंकमा पुगेका सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरेका छन् । उनले भने–‘केहि दिन यता राष्ट्रिय वाणिज्य बैंक भरतपुर शाखा चौविसकोठीमा बैकिङ्ग कारोवारका लागि जानु भएको थियो भने केहि दिनका लागि होम क्वारेन्टिनमा बस्नुहोला र नजिकको स्वास्थ्य कार्यालयमा सम्पर्क राख्नुहोला ।’

चितवनमा शनिबार बालक, प्रहरी र थुनुवागरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>