Breaking News
चितवनमा ६ वर्षीय बालकदेखि प्रहरी र थुनुवासम्मलाई कोरोना
०

चितवन, साउन २४–
चितवनमा आज (शनिबार) ६ वर्षीय बालकदेखि प्रहरी र थुनुवासम्मलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा जिल्ला प्रहरी कार्यालय भरतपुरमा कार्यरत एक जना प्रहरी र थुनुवा कक्षमा रहेका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु बारेमा थप विवरण आउन बाँकी छ ।
यस्तै नारायणगढका ६ वर्षीय बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको परीक्षणमा चितवनका ६ जनासहित ८ जनामा संक्रमण पुष्टि भएको थियो । शनिबार कुल ६९ वटा नमुना मात्रै परीक्षण गरिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























