Breaking News

चितवनका ६ जनासहित थप ८ जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन, साउन २४–

चितवनका ६ जनासहित ८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ६ जना र २ जना बाहिरी जिल्लाका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

चितवनका संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिका–१ का ६ वर्षीय बालक, वडा नं.४, १० र १५ का २० देखि ४८ वर्ष उमेर समूहका चार पुरुष र एक महिला रहेका छन् । जसमध्ये एक जना प्रहरी र एक जना थुनुवा समेत रहेका छन् । यस्तै संक्रमित महिला भने चितवन मेडिकल कलेजमा उपचाररत थिइन् ।

यस्तै सुर्खेत पिठगाउँ–२ का २२ वर्षीय प्रहरीमा पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै नवलपुर गैंडाकोट नगरपालिका–१५ का ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनी होम क्वारेन्टिनमा बसेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>