Breaking News

बुधबार कोरोना पुष्टि भएका भरतपुरका वृद्धका छोरा र बुहारीमा पनि कोरोना संक्रमण

Banner

चितवन, साउन २३–

आज (शुक्रबार) कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका दुई जना बुधबार कोरोना पुष्टि भएका भरतपुरका वृद्धका छोरा बुहारी रहेको खुलेको छ ।

बुधबार कोरोना परीक्षण गर्दा भरतपुर–१ का ७९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । वृद्धमा कोरोना संक्रमण देखिएपछि हिजो उनका ४६ वर्षीय छोरा र ३८ वर्षीय बुहारीको स्वाब संकलन गरिएको थियो । आज परीक्षण गर्दा छोरा बुहारीमा पनि संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिइन् ।

संक्रमित व्यक्तिहरुलाई अस्पताल ल्याउने वा होम आइसोलेसनमा राख्ने बारे निर्णय गर्न बाँकी रहेको भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखाका केशव भट्टले बताए । उनले संक्रमित वृद्ध पनि घरमै रहेकाले थप छलफल गरेर मात्रै अस्पताल लगिने बताए । उनका अनुसार उनीहरुको परिवारमा रहेका दुई नाती र एक जना कामदारको पनि अब कोरोना परीक्षण गर्नु पर्ने भएको छ ।

चितवनमा आज भरतपुरका ती दुई छोरा बुहारीसहित अन्य दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>