चितवन विशेष

राष्ट्रिय युवासंघले दियो चितवन प्रहरीलाई पाँच हजार मास्क 

Banner

चितवन,साउन २३-

राष्ट्रिय युवासंघ चितवन ले जिल्ला प्रहरी कार्यालय चितवनलाई पाँच हजार मास्क प्रदान गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रहरीलाई पाँच हजार सर्जिकल मास्क प्रदान गरिएको हो ।
राष्ट्रिय युवासंघ चितवनका अध्यक्ष मधु न्यौपानेले कोरोना (कोभिड १९) को संक्रमण फैलन नदिनका लागि आम नागरिकलाई वितरण गर्नेगरी प्रहरीलाई मास्क प्रदान गरेको बताउनुभयो । उहाँले कोरोनाको संक्रमण फैलन नदिन राष्ट्रिय युवासंघ चितवनले प्रहरीलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

नेकपा चितवनका सचिवालय सदस्य तथा युवा इन्चार्ज प्रकाश ढुङगानाले प्रहरीलाई सांकेतिक रुपमा मास्क प्रदान गरिएको बताउनुभयो । उहाँले नागरिकलाई मास्क नलगाएका कारण कारवाही नभई मास्क दिएर सम्झाउनुपर्ने बताउनुभयो । आफुहरुले प्रदान गरेको मास्क प्रयाप्त नभएपनि यसले समाजमा अरुलाई पनि यो अभियानमा लाग्न प्ररित गर्ने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नान्तिराज गुरुङले राष्ट्रिय युवासंघ चितवनले मास्क सहयोग गरेको भन्दै धन्यबाद दिनुभयो । उहाँले सो मास्क चितवनका पाँच हजार नागरिकलाई वितरण गरिने जानकारी दिनुभयो । कोभिड १९ को जोखिम झन् बढ्दै गएको भन्दै उहाँले सबैको सहयोगमा मात्रै जोखिम न्यूनिकरण गर्न सकिने बताउनुभयो ।

सो अवसरमा राष्ट्रिय युवासंघका केन्द्रिय सदस्य प्रताप डल्लाकोटी, राष्ट्रिय युवासंघ चितवनका संजिव लामिछाने,दिपक पाठक लगाएतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>