Breaking News

काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका प्रशासनमा अत्यावश्यकबाहेकका सेवा १५ दिनलाई स्थगित

Banner

काठमाडौँ –

काठमाडौँका उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी -सीडीओ०को बैठकले कोरोना स‌ंक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यकबाहेकका सेवा १५ दिनलाई स्थगित गर्ने निर्णय गरेको छ । शान्ति सुरक्षा अत्यावश्यक सेवाबाहेकका सेवा १५ दिन बन्द गर्ने निर्णय गरिएको  काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने ।

काठमाडौँ उपत्यकामा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सरकारले बिहीबारदेखि जोरबिजोरमात्र सवारी साधन सञ्चालन गर्ने निर्णय गरिसकेको छ भने उपत्यकामा बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म आवतजावतमा प्रतिबन्ध लगाउने निर्णयसमेत गरिसकेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>