Breaking News

पार्टी प्रवक्ताविरुद्ध खनिए प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, भने – लाज त जोगाउनुस्

Banner

काठमाडौं, साउन २३-

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले नेकपाका प्रवक्ता नाराणकाजी श्रेष्ठमाथि आक्रोशपूर्ण अभिव्यक्ति दिएका छन् ।

पछिल्लो समय प्रवक्ता श्रेष्ठले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई मिलाउन भूमिका खेलेको चर्चा चलिरहेका बेला सल्लाहकार रिमालले विधि र पद्दतिका नाममा नेताहरुलाई गुटबन्दीको आगोमा पोल्ने उत्तोलक नबन्न श्रेष्ठलाई आग्रह गरेका छन् ।

‘नारायणकाजी श्रेष्ठजी! कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस। ‘विधि र पद्दति’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्!’, ट्विटरमा रिमालले लेखेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>