Breaking News

कोरोना संक्रमणका कारण सिरहामा २२ वर्षीय युवकको मृत्यु

Banner

जनकपुरधाम , साउन २३-

कोरोना भाइरसको संक्रमणबाट सिरहामा एकजना युवकको मृत्यु भएको छ । गोलबजार नगरपालिका १२ का २३ वर्षीय युवकको बिहीबार राति मृत्यु भएको हो ।

तीन वर्षदेखि मिर्गाैला राेगबाट पीडित ती युवकमा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

बिहीबार राति उपचारको क्रममा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिरहाको गोलबजार नगरपालिका वडा नम्बर १२ का २२ वर्षिय युवकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए।

धरानमा रहेकाे युवकको शव नेपाली सेनाले सिरहा ल्याएर अन्त्येष्टि गर्ने तयारी गरिरहेकाे छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>