Breaking News

भरतपुरकी मेयर रेनु दाहालसहित ११९ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

Banner

चितवन, साउन २२–

भरतपुर महानगरपालिकाकी मेयर रेनु दहालको कोरोना भाइरस (कोभिड–१९) परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

आज (बिहीबार) भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा मेयर दाहालको रिपोर्ट नेगेटिभ आएको प्रयोगशालकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् । चितवनमा पनि कोरोनाको उच्च जोखिम देखिएपछि मेयर दाहालले आज बिहान स्वाब दिएकी थिइन् ।

प्रयोगशालकी प्रमुख डा.अधिकारीले कन्ट्याक्ट ट्रेसिङका आधारमा संकलन गरिएको स्वाबको पनि रिपोर्ट नेगेटिभ आएको जानकारी दिइन् । केहीदिन अघि पूर्वीचितवनको खैरहनी–६ मा होम क्वारेन्टिनमै मृत्यु भएका व्यक्तिसंग रहेका पाँच जनाको स्वाब संकलन गरिएको थियो ।

प्रयोगशालामा आज कुल ११९ जनाको नमुना परीक्षण गरिएको थियो । हिजो गरिएको परीक्षणमा नारायणगढका एक पुरुषलाई कोरोना संक्रमण देखिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>