Breaking News

चितवनको भरतपुर–५ का एक पुरुषमा कोरोना संक्रमण

Banner

चितवन, साउन २२–

चितवनमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

काठमाडौं जाँदा नागढुंगामा स्वाब दिएका भरतपुर महानगरपालिका–५ तोरीखेतस्थित ओम शान्ति टोलका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

ती पुरुषको घर शिल गरिएको र संक्रमित पुरुषलाई निगरानीमा राखिएको भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखाका केशव भट्टले नारायणी अनलाइनलाई जानकारी दिए । उनले काठमाडौंबाट रिपोर्ट प्राप्त भएपछि थप प्रक्रिया अघि बढाइने बताए । ‘हामीले घर शिल गरेर संक्रमितलाई छुट्टै राखेका छौं, रिपोर्टको प्रतिक्षामा छौंं, त्यसपछि प्रक्रिया अघि बढाउँछौं’–भट्टले भने ।

गाडीका चालक रहेका ती पुरुष मानिसहरुलाई काठमाडौं लैजाने, ल्याउने गर्दै आइरहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>