चितवन विशेष

अछामकी क्यान्सरपीडित किशोरीलाई सहयोग

Banner

चितवन, साउन २२-

अछामकी क्यान्सरपीडित एक किशोरीको उपचारको लागि दिनेशकुमार विकले बुधबार ३० हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ ।

विकले विभिन्न संघसंस्था र व्यक्ति मार्फत् प्राप्त सहयोग किशोरीका परिवारलाई हस्तान्तरण गर्नु भएको हो । आर्थिक अवस्था अत्यन्तै कमजोर ती किशोरीको सामाजिक सञ्जाल र अन्य माध्यमबाट उपचारका लागि दिनेश कुमार विकले सहयोगको अपिल गर्नुभएको थियो । अछाम ढकारी गाउँपालिका– ६ मोयकाँडा की १८ वर्षीया मनसरा बुढाका लागि सहयोगको अपिल गरिएको थियो ।

क्यान्सरपीडित मनसरा ढकारी ६ ढुंगा चाल्नास्थित अष्ट सिद्धि माविमा कक्षा ११ मा अध्यनरत छन् । उनी विगत एक वर्षदेखि बिरामी रहेको हुँदा गाउँघरमा अन्धविश्वासका कारण धामी झाँक्रीको पछि लाग्दा रोग जीर्ण हुँदै गएको छ । अछाम जिल्ला अस्पतालमा जाँच गरेपछि थप उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियो । त्यहाँ परीक्षण गर्दा पनि रोग पत्ता लाग्न नसकेपछि भारतको लखनउ लगिएको हो । त्यहाँ लामो परीक्षणपछि डाक्टरले मनसरालाई क्यान्सर भएको पुष्टि गरेका थिए ।

सामान्य अवस्थाका उनको परिवारले भारतमा उपचार गर्न नसक्ने भएपछि किशोरी समस्यामा परेकी थिइन् । किशोरीको यस्तो अवस्था थाहा भएपछि केही सहयोगीहरुको पहलमा भरतपुर चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ल्याइएको थियो । ती बिरामीका बुवा ११ वर्षअघि नै बितिसकेकोले पनि उनको परिवारलाई रकम जुटाउन सक्ने अवस्था थिएन । त्यसपछि दिनेशकुमार विकले सामाजिक सञ्जाल फेसबुक र छरछिमेकमा क्यान्सरपीडित ‘मनसरा बुढा बचाउ’ अभियान सञ्चालन गरी सहयोगको अपिल गरेका थिए ।
उक्त उपचाररत किशोरीको लागि कमल बजार नगरपालिका १० का टिकाराम भुलले र उहाँको नेपाली एकता समाज भारत मध्य दक्षिण राज्य समितिबाट २३ हजार ६०० र दिनेश पिकको पहलमा ६ हजार ४०० गरि जम्मा ३० हजार बिरामी र उनको काकालाई हस्तान्तरण गरिएको हो । अझै देश तथा विदेशबाट सहयोग जुट्दै गरेको विकको भनाइ छ । क्यान्सरपीडित किशोरीलाई भेट्नको लागि सहयोगी व्यक्तित्व भीमप्रसाद पौडेल पनि हस्पिटलमै आउनु भएको थियो ।

विपी कोइराला क्यान्सर अस्पताल भरतपुरमा उपचार गराइरहेकी बुढाको बायाँ खुट्टामा क्यान्सर देखिएको छ । सामाजिक कार्यमा सक्रिय दिनेशकुमार विकका अनुसार मनसराको उपचारमा अझै कति खर्च लाग्छ एकीन भएको छैन । यसको लागि नागरिकस्तरबाटै सहयोगको अपिलमा जुटेको विकले बताउनुभयो । आगामी दिनमा पनि अरु धेरै उपचार गर्नुपर्ने भएकाले सबैसित सहयोगको लागि अपिल गरिएको छ । पीडित मनसराको जीवन बचाउन सहयोग गर्नेले ९८६३०८२५३८ सम्पर्क गर्न अनुरोध गरिएको छ ।

यस्तै उहाँको काका महेन्द्र बुढाको सम्पर्क नम्बर ९८१२६७५२४७ मा सम्पर्क गर्न सकिने छ । दिनेश विकले सम्पूर्ण सहयोगीलाई हृदयदेखि धन्यवाद व्यक्त गर्नु भएको छ । ग्लोबल बैंक खाता नम्बर १८०७०१०००९०८५ नाम दिनेश बहादुर विकमा रकम जम्मा गरी सहयोग गर्न अनुरोध गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>