Breaking News

प्रचण्ड निवासमा पनि छिर्यो कोरोना, ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण

Banner

काठमाडौं, साउन २२–

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा पनि कोरोनाले प्रवेश गरेको छ ।

खुमलटारको सुरक्षार्थ बाहिरी घेरामा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि उच्च सतर्कता अपनाइएको छ ।

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा प्रहरी अधिकारीलाई संक्रमण देखिएको खुमलटार स्रोतले जनाएको छ ।

बुधबार निवासमा कार्यरत सबै सुरक्षाकर्मी तथा अध्यक्ष प्रचण्डको परिवारका सबै सदस्यको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । जसमा ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>