Breaking News

आजदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू, चितवनमा यो नियम लागू हुँदैन

Banner

चितवन, साउन २२–

सरकारले आज (बिहीबार)देखि पुनः जोर बिजोर प्रणाली लागू गरेको छ । सार्वजनिक तथा निजी सवारी संचालनमा यो नियम लागू हुनेछ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम झनै बढ्दै गएपछि सरकारले पुनः सवारी साधन संचालन गर्दा यो नियम लागू गरेको हो ।

यो नियम सबै जिल्लामा भने लागू हुने छैन । गृहमन्त्रालयले निकालेको विज्ञप्ती अनुसार २०० जना भन्दा बढी एक्टिभ कोरोना संक्रमित भएको जिल्लामा मात्रै लागू हुनेछ । हाल निषेधाज्ञा लागू भएका जिल्लाहरुसहितका धेरै संक्रमित भएका जिल्लाहरुमा यो नियम लागू हुनेछ ।

देशकै मध्यभागमा रहेको चितवनमा यो नियम लागू हुन्छ या हुँदैन भन्ने धेरैको मनमा प्रश्न हुन सक्छ । सरकारले गरेको निर्णय अनुसार जोर बिजोर नियम चितवनमा लागू हुने छैन । यो नियम लागू हुनका लागि कम्तीमा २०० जना कोरोना संक्रमित अहिले पनि उपचाररत हुनुपर्छ । तर चितवनमा हाल ७ जना मात्रै कोरोना संक्रमित उपचाररत छन् । जिल्लामा कुल ११६ जना मात्रै संक्रमित पुगेका छन् । १०८ जना संक्रमित निको भएर घर फर्किएका छन् भने एक जना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको थियो ।

सरकारले लकडाउन अन्त्य गरेसंगै अहिले चितवनमा निजी तथा सार्वजनिक सवारी साधनहरु निर्वाध रुपमा संचालनमा आएका छन् । तर सुरक्षा साबधानीको विषयमा चितवनका प्रहरीले चेकजाँचमा कडाइ पारेका छन् । सुरक्षा साबधानी नअपनाई सेवामा रहेका सवारी साधनहरुलाई प्रहरीले धमाधम कारवाही गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>