Breaking News

कोरोना प्रभावः भोलिदेखि राति ९ बजेबाट विहान ५ बजेसम्म हिँडडुल गर्न रोक

Banner

काठमाडौं, साउन २१–

कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएपछि सरकारले एकपछि अर्को निर्णय गर्न थालेको छ । सरकारले भोलि (बिहीबार) रातिदेखि नै लागू हुने गरी राति ९ बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ ।

गृह मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीले सिमित जिल्लाहरुमा यो निर्णय लागू हुने जानकारी दिए । उनले भने–‘यो निर्णय काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी सक्रिय संक्रमित भएका क्षेत्रमा लागू हुन्छ ।’

यो निर्णय चितवनमा भने लागू हुने छैन । चितवनमा हालसम्म ११६ जना मात्रै कोरोना संक्रमित पुगेका छन् ।

सरकारले बिहीबारबाटै लागू हुने गरी काठमाडौं उपत्यका सहितका २ सयभन्दा बढी संक्रमित भएका जिल्लामा जोरविजोर प्रणाली लागू गर्ने पनि निर्णय गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>