Breaking News

कोरोना कहर : यि १४ जिल्लामा सरकारले जारी गर्‍यो निषेधाज्ञा

Banner

काठमाडौं, साउन २१-

कोरोना संक्रमणको फैलँदो अवस्थाका कारण सरकारले १४ जिल्लामा पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा जारी गरेको छ ।

स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गरिएको क्षेत्रमा भेलाजम्मा हुन पाइँदैन, तोकिएको अत्यावश्यक सेवाबाहेक सवारी आवागमन र पसल खोल्न पाइँदैन ।

गृह मन्त्रालयले बुधबार एक सूचना जारी गरी निषेधाज्ञा लागु गरिएका जिल्ला, क्षेत्र र लागु रहने मितिबारे जानकारी दिएको हो।

गृह मन्त्रालयका अनुसार सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङजामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने धनुषा, नुवाकोट, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ र दार्चुलाका बिभिन्न ठाउँमा निषेधाज्ञा लगाइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>