चितवन विशेष

माडीका मेयर ढकालको अभिव्यक्तिप्रति प्रेस युनियनको कडा आपत्ति

Banner

चितवन, साउन २१–

नेपाल प्रेस युनियन चितवनले माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकालले दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएको छ ।

युनियनका जिल्ला अध्यक्ष अनिल ढकालले आज (बुधबार) एक विज्ञप्ती जारी गर्दै समाचारका विषयलाई लिएर पत्रकारहरुलाई कालोमोसो दल्ने दिएको अभिव्यक्तिको कडा आपत्ति जनाउँदै तत्काल ती शब्द फिर्ता लिन आग्रह गरेको छ । साथै यूनियनले गैरजिम्मेवार अभिव्यक्ति नदिन मेयर ढकाललाई चेतावनी समेत दिएको छ । माडी क्षेत्रमा मेयर ढकालकै नेतृत्वमा काटिएका सालका रुखका विषयमा आएको समाचारप्रति खण्डन गर्दै समाचार लेख्ने पत्रकारलाई पित पत्रकारिताको संज्ञा दिएर जनतालाई कालोमोसो दल्न उत्प्रेरित गरिएको अभिव्यक्ति आमपत्रकार माथिको प्रहार भन्नेमा यूनियनको ठहर छ ।

जनप्रतिनिधिको धम्कीबाट विचलित नभइ सत्यतथ्य समाचार सम्प्रेषणमा जुट्न आमपत्रकारलाई यूनियनले आग्रह गरेको छ । स्वतन्त्र रुपमा पेशागत धर्म निर्वाह गर्ने पत्रकार माथि कुनै पनि पक्षबाट दुव्र्यवहार हुनु निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको यूनियनको ठहर छ । साथै यूनियनले प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न, पत्रकारलाई स्वतन्त्र र निर्वाध काम गर्ने वातावरण बनाउन तथा यस्ता घटना नदोहार्‍याउन सम्बन्धित निकायसंग माग गरेको छ ।

पछिल्लो समय माडी नगरपालिका र चितवन राष्ट्रिय निकुञ्जबीच द्धन्द्ध चर्कदै गएको छ । सुकुम्बासी बस्ती स्थानान्तरणको नाममा नगरपालिकाले राईटोलमा सालको रुख काटेर कुसुमखोलाको बासिन्दालाई राखेको छ । ठूलो मात्रामा रुख फडानी गरेर बस्ती बसालेपछि निकुञ्जले घर निर्माणको काम रोकेको छ । यही विषयलाई लिएर विभिन्न संचारमाध्यममा समाचार प्रकाशित भएपछि माडीको मेयर आक्रोशित छन् । चेपाङ तथा सुकुम्बासी समुदायको आन्दोलनको कार्यक्रममा बोल्दै मेयर ढकाल पत्रकार माथि खनिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>