Breaking News
पर्सामा १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु

वीरगञ्ज, साउन २१-
कोरोना भाइरस संक्रमणको कारण पर्सामा थप एक जनाको मृत्यु भएको छ ।
पर्सामा गत सोमबार मृत्यु भएको एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
आफन्तका अनुसार ती युवती पोखरिया ९ मा रहेको मामा घरमा बस्दै आएकी थिइन्। कुनै ‘ट्राभल हिस्ट्री’ नभएकी ती युवतीलाई सुरुमा पखाला लागेको थियो।
पखालासँगै श्वाँसप्रश्वाँसमा पनि सममस्या देखिएपछि उनलाई सोमबार उपचारका लागि आफन्तले वीरगञ्जस्थित नेशनल मेडिकल कलेज लगेका थिए। अस्पतालमा नपुग्दै उनको मृत्यु भएको हो।
अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।
मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।























