Breaking News
नागरिकता बनाउन चितवन प्रशासन जाँदै हुनुहुन्छ ? यी बार मात्रै जानुहोस्

चितवन, साउन २१–
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण थप जटिल बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले दैनिक सेवा प्रवाहका लागि छुट्टै समय तोकेको छ ।
प्रशासन कार्यालयबाट प्रवाह हुने नियमित सेवा मध्ये अन्य सेवालाई यथावत राखी नेपाली नागरिकताको प्रमाणपत्र (नयाँ नागरिकता वा प्रतिलिपि नागरिकता समेत) कार्यलाई स्थानीय तह अनुसारको दिन तोकेको छ । प्रशासनले तोकेका दिनमा मात्र ती स्थानीय तहका व्यक्तिहरुले सेवा लिन पाउने छन् । कार्यालयमा भीडभाड बढ्दै गएपछि प्रशासनले सात वटै स्थानीय तहको सेवालाई छुट्टाछुट्टै दिनमा राखेको छ ।
भरतपुर महानगरपालिकाका सेवाग्राहीले आइतबार, बुधबार र शुक्रबार मात्रै सेवा पाउने छन् ।
यस्तै रत्ननगर नगरपालिकाका सेवाग्राहीले सोमबार/बिहीबार, खैरहनी नगरपालिकाका सेवाग्राहीले सोमबार/बिहीबार, राप्ती नगरपालिकाका सेवाग्राहीले मंगलबार/शुक्रबार, कालिका नगरपालिकाका सेवाग्राहीले मंगलबार/शुक्रबार र इच्छाकामना गाउँपालिकाका सेवाग्राहीले आइतबार/बुधबारका दिन मात्रै नागरिकता सम्बन्धी सेवा पाउने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
























