चितवन विशेष
प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहाकारद्धारा देवघाटधामको अवलोकन

चितवन,साउन २०-
प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहाकार सिता पौडेलले देवघाटधाम नेपाली संस्कृतिको केन्द्र भएको बताउनुभएको छ । आज (मंगलबार) देवघाटधामको अवलोकन गर्दै सल्लाहाकार पौडेलले पवित्र तिर्थस्थल देवघाटमा सांस्कृतिक महत्वका एतिहाँसिक संरचना रहेको बताउनुभयो । उहाँले देवघाटको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले देवघाटधाम र प्रधानमन्त्रीको कार्यालय विच सम्बन्ध सेतुको काम गर्ने बताउनुभयो । देवघाटका समस्या सम्बन्धित ठाँउमा पु¥याउने उहाँले प्रतिबद्धता जनाउनुभयो । पौडेलले देवघाटमा दाहासंस्कारका लागि दाउरा अभाव हुन नदिन पहल गर्ने बताउनुभएको छ । उहाँले देवघाटमा सांस्कृतिक स्वरुप विग्रन नदिनेगरी पूर्वाधार विकासका काम गर्न सुझाब दिनुभयो ।

सल्लाहाकार पौडेलले कालिगण्डकी तिनहुँ डाइभर्सन गर्न नहुने भन्दै त्यसले कालिगण्डकीको सभ्यतामा असर पु¥याउने धारणा राख्नुभयो । सो अवसरमा उहाँले देवघाटका विभिन्न स्थल र आश्रमको अवलोकन गर्नुभएको थियो । उहाँले देवघाट क्षेत्र विकास समितिका पदाधिकारीसंग अन्तरकृया समेत गर्नुभएको थियो ।
देवघाटधामका बारेमा सल्लाहाकार पौडेललाई देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेल र सदस्य नवराज ढकालले जानकारी गराउनुभएको थियो ।
























