चितवन विशेष

पब्लिक क्याम्पस प्राध्यापक समन्वय समिति चितवनको संयोजकमा ढुंगाना

Banner

चितवन, साउन २०-

चितवनका पब्लिक क्याम्पसका प्राध्यापकहरुको आज भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा भएको भेलाले अनन्त ढुंगनाको संयोजकत्वमा सात सदस्यीय प्राध्यापक समन्वय समितिको चयन गरेको छ ।

भेलाले समितिको सहसंयोजकमा सप्तगण्डकी बहुमुखी क्याम्पसका प्राध्यापक धर्मराज घिमिरेलाई छनोट गरेको छ । त्यसैगरी समितिका अन्य सदस्यहरुमा शहिद स्मारक कलेज शारदानगरबाट शरिता गुरुङ, जनआदर्श क्याम्पसबाट चन्द्रबहादुर खत्री, माडी क्याम्पसबाट भविश्वर ढकाल र पटिहानी क्याम्पसबाट रामप्रसाद तिवारी रहनुभएको छ । समितिको सल्लाहकारमा कृष्णप्रसाद सुवेदी, कृष्णप्रसाद न्यौपाने र टीकाराम देवकोटा हुनुहुन्छ ।

समितिका संयोजक ढुंगानाले शैक्षिक क्रियाकलापहरुमा सम्पूर्ण पब्लिक क्याम्पसका बीचमा एकरुपता कायम गर्दै प्राध्यापकका पेसागत हकहितलाई उठान गर्न समिति गठन भएको नारायणी अनलाइनलाई बताउनु भयो । उहाँले भन्नुभयो , ‘देशका सबै प्रदेशमा विश्वविद्यालय बनिरहेको अवस्थामा प्रदेश विश्वविद्यालय चितवनमा बनाउनु पर्छ भन्ने हाम्रो माग छ । हामी सामुदायिक क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने कार्यमा एकजुट भएका छौं ।’

त्यसैगरी समितिका सहसंयोजक धर्मराज घिमिरेले कोरोना महामारी र लकडाउनपछि बिग्रिएको चितवनको शैक्षिक वातावरणलाई कसरी पुर्नजागृत गर्ने भन्ने विषयमा प्राध्यापकहरु एकजुट भएको जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>