Breaking News

कोरोना संक्रमण भयावह बन्दै, प्रधानमन्त्रीले जनस्वास्थ्य विज्ञलाई बाेलाए बालुवाटार

Banner

काठमाडौँ, साउन २०-

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण नियन्त्रणबारे जनस्वास्थ्य विज्ञहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।

पछिल्लो समय कोरोना सक्रमण दर बढेपछि देशका प्रमुख शहरहरुमा निषेधाज्ञा, कर्फ्यु लगायतका उपाय लगाएपनि कोरोना संक्रमणको मिटर बढ्दो छ ।

मंगलबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कोरोना भाइरस संक्रमण र नियन्त्रणबारे छलफल हुँदैछ ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिसकेकाले यसबारे थप रणनीति तय गर्न प्रधानमन्त्रीले परामर्श थालेका हुन् ।

सरकारले गत चैत ११ बाट सुरु गरेको लकडाउन साउन ७ मा अन्त्यपछि नागरिकहरुले सुरक्षामापदण्डको वेवास्ता गर्दै आएका छन् । जसले गर्दा कोरोना संक्रमण समुदायस्तरमै पुगिसकेको कतिपयको भनाइ छ । तर सरकारले भने संक्रमण समुदायस्तरमा पुगिनसकेको दावी गर्दै आएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कोरोना भाइरस नियन्त्रणका लागि अपनाउनुपर्ने सावधानीबारे छलफल हुन लागेको पुष्टि गरेका छन् । उनले आजको बैठकमा लकडाउनबारे पनि छलफल हुने जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>