Breaking News

चितवनमा फेरि एक व्यक्तिको होम क्वारेन्टिनमै मृत्यु, शव भरतपुर ल्याइदै

Banner

चितवन, साउन २०–

चितवनमा थप एक जना व्यक्तिको होम क्वारेन्टिनमै मृत्यु भएको छ । पूर्वीचितवनको खैरहनी नगरपालिका–६ मा घर बनाउने ठेकेदारले ल्याएका बाराका एक व्यक्तिको गयराती मृत्यु भएको हो ।

ती व्यक्ति घर बनाउने मिस्त्री हुन् । बाराको कलैया नगरपालिका–२१ का ३६ ती व्यक्तिको होम क्वारेन्टिनमै मृत्यु भएको खैरहनी नगरपालिका वडा नंं.६ का वडाध्यक्ष रामशरण पाण्डेले नारायणी अनलाइनलाई जानकारी दिए ।

मृतकसंगै अन्य पाँच जना पनि बाराबाटै उनीहरु आएका थिए । ती व्यक्तिहरुलाई ठेकेदारले एक बोरो कम्पनीको कोठा भाडामा लिएर क्वारेन्टिन भनेर राखेका थिए । ठेकेदारलाई पटक–पटक बाहिरबाट कामदार नल्याउन भन्दा भन्दै पनि जबरजस्ती ल्याएको वडाध्यक्ष पाण्डेको भनाई छ ।

मृतक व्यक्तिको शव भरतपुर अस्पताल पठाउन लागिएको खैरहनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले जानकारी दिनुभयो । उनको भरतपुरमै स्वाब संकलन गरी कोरोना परीक्षण गरिने छ । यस्तै मृतकसंगै रहेका अन्य पाँच जनाको पनि स्वाब संकलन गरी कोरोना भाइरस परीक्षण गरिने स्वास्थ्य शाखा प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

यसअघि कालिका नगरपालिका–८ का एक पुरुषको पनि होम क्वारेन्टिनमै मृत्यु भएको थियो । भारतबाट आएका ती व्यक्तिको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>