Breaking News
चितवनमा मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ, चार मोटरसाइकल बरामद

चितवन, साउन १९–
चितवनमा मोटरसाईकल चोरी गर्ने तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको इच्छाकामना गाउँपालिका–७ गर्दासका ३० वर्षीय रामबहादुर गुरुङ, कालिका नगरपालिका–३ सिमलढाप बस्ने वर्ष २७ का योगेश वाइवा र वडा नंं.२ पदमपुर बस्ने वर्ष २८ का सुरज गुरुङ गरेका छन् ।
विभिन्न समयमा चोरी भएका मोटरसाइकलहरु र चोरीमा संलग्न शंकास्पद व्यक्तिहरुको पहिचान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवंम प्रहरी उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । उनीहरुलाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताउनुभयो ।
प्रहरीले उनीहरुसंगै चार वटा मोटरसाइकल समेत बरामद गरेको छ । प्रहरीका अनुसार ना १३ प ८५३८ नम्बर को होन्डा मोटरसाइकल (वास्तविक नम्बर ना ४१ प ९६०१), ना ४१ प ९६०१ मोटरसाइकल, वनटेस्ट (वास्तविक मोटरसाइकल नम्बर प्रदेश ३–०३–००१ प ४६८५) र ना ६५ प ४९०७ नम्बरको मोटरसाइकल (वास्तविक मोटरसाइकल नम्बर स १० प १११८) नम्बरको मोटरसाइकल बरामद गरिएको हो ।























