देश/प्रदेश

सजिलो मिल्स प्रालिबाट अनलाइन फुड डेलिभरी हुने

Banner

चितवन, साउन १९-

व्यक्तिले चाहे अनुसारको तयारी खाना घरघरमा पु¥याउने उद्देश्यले सजिलो मिल्स प्रालिले भोलि मंगलबारबाट आफ्नो कारोबार सञ्चालन गर्न गइरहेको छ ।

कम्पनीले पहिलो चरणमा काठमाडौ भित्र सञ्चालनमा रहेका रेष्टुरेन्टहरुमा तैयार खानाहरु ग्राहकको स्वाद, इच्छा र रोजाई अनुसार अर्डर गरेको एक घण्टामा घरमा पु¥याउने लक्ष्य लिएको छ । हालसम्म ३५ वटा रेष्टुरेन्टसँग यस सम्बन्धी सम्झौता भइसकेको कम्पनीले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

दोस्रो चरणमा घरमा तैयार हुने सस्तो, गुणस्तरीय र घरेलु स्वादको खाना अफिस, कार्यालय र कर्पोरेट हाउसमा पु¥याउने कार्यक्रम बनाएको छ । घरमा तैयार हुने खानाको लागि उपत्यका भित्र पाँच\पाँच जना महिलाको समूह बनाई २५ स्थानमा खाना बनाउने केन्द्र पव्लिक प्राइभेट पार्टनरसिपमा तैयार गरिनेछ । उनीहरुलाई आवश्यक सामग्री, तालिम र अरु सुविधा उपलब्ध गराएर रोजगारी सृजना गरिनेछ र घरको काम सक्काएर फुर्सदमा रहने महिला जनशक्तिलाई सक्रिय र उत्पादन शिल बनाउने प्रयास गरिने कम्पनीले जनाएको छ ।

लामो समय विदेशमा सेवा दिइरहेका व्यक्तिहरु मिलेर देशमा केही गरौ भनेर अनलाइन फुड डेलिभरीको कार्य प्रारम्भ गर्न गइरहेका हुन् । अष्ट्रेलिया र क्यानडाबाट फर्केका चार्टर्ड एकाउन्टेन्ट रविराज भट्टराई र इकमर्स विशेषज्ञ डा. सुनिल सिंह सिंजापती तथा लण्डनमा व्यवसाय गरी फर्कका होटल व्यवसायी विष्णुबहादुर कार्की र बैंकर तथा बिमा व्यवसायी रमेशकुमार भट्टराईको संयुक्त लगानी रहेको सजिलो मिल्सले उपत्यकावासीको मन जितेर रोजगारी सृजनाको साथै गुणस्तरीय कारोबार विस्तार गर्दै जाने दाबी गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>