Breaking News
सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालमा पहिरोले पुरेर दुई जनाको मृत्यु

सिन्धुपाल्चोक, साउन १९-
अविरल वर्षासँगै आएको पहिराले सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा पहिराले एक घर पुर्दा दुई जनाको मृत्यु भएको छ । बरुवाको स्वास्थ्य चौकी नजिकै यज्ञबहादुर क्षेत्री बञ्जराको घर पुर्दा अन्दाजी ४० वर्षका बञ्जारा र अन्दाजी ४० वर्षीया उहाँकी श्रीमती लक्ष्मी क्षत्री बञ्जराको मृत्यु भएको वडाध्यक्ष पासाङ लामाले जानकारी दिनुभयो । गएराति गएको पहिराले उनीहरुलाई पुरेको थियो । स्थानीयवासीले उनीहरुको शव निकालेका हुन् ।
उनीहरुका दुई छोरी र एक छोरा छन् । छोरा काठमाडौँ आएका छन् । एक छोरी विदेशमा छिन् भने अर्की छोरी हजुरबुबाको घरमा बसेकाले सुरक्षित छिन् । गएरातिको पहिराले गाउँपालिकाका– १, २, ३, ६, ७ र ८ मा पहिराले ठूलो क्षति पु¥याएको अध्यक्ष लामाले बताउनुभयो । “कसैको आँगन छैन । कसैका चौपाया पुरिएका छन्”, उहाँले भन्नुभयो, “गाउँपालिकाभरि पहिराले क्षतविक्षत बनाएको छ ।”रासस
























