चितवन विशेष

बालकुमारी उच्च मावि व्यवस्थापन समितिको अध्यक्षमा अधिकारी सर्वसम्मत

Banner

चितवन,साउन १८-

भरतपुर २ क्षेत्रपुरमा रहेको बालकुमारी उच्च मावि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बद्री अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । आज (आइतबार) सम्पन्न भेलाले अधिकारीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

यसअघि नारायणगढकै भानु माविका अध्यक्ष बनेका अधिकारीले विद्यालयलाई उत्कृष्ट विद्यालयको रुपमा स्थापित गराउन सफल भएका थिए । उनले सो विद्यालयको अध्यक्ष सम्हालेपछि विद्यालयमा धेरै सुधार भएको थियो ।
अध्यक्षमा निर्वाचित भएपछि अधिकारीले सबैको सुझाब संकलन गरेर विद्यालय सुधारको योजना ल्याउने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>