कर्पोरेट

नेपाली ब्रान्ड सोनमद्वारा गंगालाल अस्पताललाई पीपीई सेट सहयोग

Banner

काठमाडौं, साउन १६-

नेपालको रिटेल तथा म्यानुफ्याक्चरिङ ब्रान्ड सोनम गियर्सले बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्र (गंगालाल अस्पताल) लाई १०० थान व्यक्तिगत सुरक्षाकवच (पीपीई सेट) सहयोग गरेको छ ।

कम्पनीका संस्थापक तथा सिईओ टासी चोम्बे नेपालीले अस्पतालका अधिकारीलाई उक्त पीपीई सेट हस्तान्तरण गर्नु भएको हो । कम्पनीले आफ्नै कारखानामा उत्पादित पीपीई सेट अस्पताललाई दिएको आज प्रेषित विज्ञप्तिमा जनाइएको छ । ‘नेपाली ब्राण्ड भएको नाताले यो कठिन घडीमा समुदायका लागि केही योगदान गर्नु हाम्रो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको कर्तव्य हो,’ सिईओ टासीले भन्नुभयो ।

यसबाट कोभिड १९ को महामारीबीच आफ्नो कर्तव्य निर्वाह गर्न उक्त संस्थाका स्वास्थ्यकर्मीलाई थोरै भए पनि योगदान पुग्ने कम्पनीको विश्वास छ । यसअघि कम्पनीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालस्थित मनमोहन कार्डिओथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरलाई पनि १०० थान पीपीई सेट सहयोग गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>