Breaking News

शिक्षामन्त्रीको राजीनामा माग्दै चितवनमा विद्यार्थीहरुको प्रदर्शन

Banner

चितवन, साउन १८-

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीले थलिएको शिक्षा क्षेत्रमा कुनै ठोस निर्णय लिन नसकेको भन्दै भरतपुरको चौबिसकोठीमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

भरतपुरका विभिन्न क्याम्पसबाट सहभागी भएका कक्षा ११ र १२ का विद्यार्थीहरुले कहिले परीक्षा हुन्छ भन्ने र कहिले हुँदैन भनेर शिक्षामन्त्रीले दुई जिब्रे कुरा गरेको भन्दै विरोध गरेका हुन् । विद्यार्थीहरुले मन्त्रीको कार्यशैलीले नागरिकले दुःख पाएको भन्दै मन्त्रीको राजीनामा पनि मागेका छन् । प्रदर्शनमा सप्तगण्डकी बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी विकास ढकालले विद्यार्थीले १२ को पुस्तक पढ्न थालेको अवस्थामा कक्षा ११ को परीक्षा लिन खोेजे सम्भव नहुने बताउनुभयो । उनीहरुले कोरोनाको कहरमा कसैले परीक्षा दिने र नदिने भनेर सबै अलमलमा परेको भन्दै आफूहरु तत्काल परीक्षा दिने मनस्थितिमा नरहेको विचार राखे ।

प्रदर्शनकारीले कहिले अनलाइन कक्षा लिने भन्ने त कहिले रोक्ने भन्ने जस्ता दुई जिब्रे कुरा गरेर शैक्षिक क्षेत्रलाई मन्त्रीले अस्थिर बनाएको आरोप पनि लगाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>