Breaking News

पर्सामा सेना, प्रहरी र पत्रकारसहित थप ७३ जनामा कोरोना पुष्टि, आजदेखि अनिश्चितकालीन कर्फ्यु

Banner

काठमाडौं, साउन १९-

पर्सामा थप ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पर्साको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालाबाट पछिल्लोपटक आइतबार राति १ बजे आएको रिपोर्टअनुसार ६१ पुरुष र १२ महिलामा कोरोना भाइरस रहेको पुष्टि भएको हो।

संक्रमित हुनेमा ६१ जना पुरुष र १२ जना महिला रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । संक्रमितहरु १० वर्षदेखि ६७ वर्ष उमेर समूहका छन् ।

थपिएका संक्रमितमा नेपाल प्रहरीका २ जना, नेपाली सेनाका १ जना, पर्साका १ पत्रकार पनि छन्।

यसरी ठूलो संख्यामा दैनिक संक्रमित थपिन थालेपछि पर्सा जिल्ला प्रशासन कार्यालयले आजदेखि जिल्लाभर अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।

साउन १० गतेदेखि वीरगन्ज महानगर क्षेत्रभित्र मात्रै लागू निषेधाज्ञा आज साेमबार बिहानै ५ बजेदेखि जिल्लाभर विस्तार गरिएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>