चितवन विशेष

चितवनमा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न अंकुरम एकेडेमी सञ्चालनमा

Banner

चितवन, साउन १८-

भरतपुर महानगरपालिका–७ तेह्साल चोकमा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न अंकुरम एकेडेमी सञ्चालनमा आएको छ । एकेडेमीले काठमाडौँको रातो बंगला फाउण्डेसनसँग तीन वर्षको लागि शैक्षिक गुणस्तर वृद्धिमा साझेदारी पनि गरेको छ ।

अंकुरम एकेडेमीले आज भरतपुरमा गरेको पत्रकार सम्मेलनमा विद्यालयको शैक्षिक गतिविधिको बारे जानकारी दिएको हो । विद्यालयका अध्यक्ष आनन्दबहादुर चन्दले विद्यालयका शिक्षकहरुको तालिम, कक्षाकोठाको सजावटमा रातो बंगला स्कुलले परामर्श र साझेदारी गर्ने बताउनुभयो । उहाँले यो वर्ष स्कुलले विद्यालयका शिक्षकहरुलाई ४८ दिनको तालिम दिने बताउनुभयो । अध्यक्ष चन्दले भन्नुभयो, ‘कला प्रदर्शनीलगायत विद्यालयका शिक्षक, अभिभावक तथा कर्मचारीहरुको क्षमता अभिवृद्धिमा रातो बंगलाको महत्वपूर्ण भूमिका हुन्छ । ’

विद्यालयका प्रिन्सिपल सुमन पौडेलले पत्रकार सम्मेलनमा विद्यालयमा सिकाइसँगै प्रयोगात्मक अभ्यास पनि हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘विद्यालयमा एउटा कक्षा कोठामा कक्षा १ देखि ५ सम्म २४ जना विद्यार्थीहरु हुनेछन् । कक्षा ११, १२ मा भने कक्षा कोठामा जम्मा ४० जना विद्यार्थी हुने भएकोले शिक्षकले विद्यार्थीलाई प्रशस्त समय दिने अवसर पाउँनेछन् । विद्यार्थीको सिर्जनात्मक विकासमा शिक्षकले प्रशस्त मेहनत गर्नेछन् ।’ उहाँले स्कुलले कारखाना, नेम, रातो बंगला फाउण्डेसन, रोबोटिक्स एशोसिएसन नेपाल, सिराइचुली होटल, द पार्क, ल्याण्डमार्क फरेस्ट पार्क,होटल बोधी रेडसनसँग विद्यार्थी र शिक्षकको तालिम तथा क्षमताको विकासमा साझेदारी गरेको बताउनुभयो ।

सम्पूर्ण विद्यार्थीलाई साइकलमा पढ्न आउन एकेडेमीले प्रेरित गरेको छ । साइकलमा आउन नसक्ने विद्यार्थीहरुलाई एसीसहितको जीपीस ट्रयाकिङ प्रणाली जडान गरिएको बसमा आउन सक्नेछन् । अभिभावकले आफ्नो बच्चा विद्यालयसम्म पुगे वा पुगेनन् भन्ने सजिलै जानकारी लिन सक्ने विद्यालयले जनाएको छ । अंकुरम एकेडेमीले पोषणयुक्त स्वच्छ खाना, पानी विद्यार्थीलाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । अन्तर्राष्ट्रिय तहको यस विद्यालयमा विद्यार्थीहरुको क्षमताको आधारमा स्थलगत अध्ययन, सेमिनार, छात्रवृृत्तिहरुको व्यवस्था गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । ३९ वटा मल्टीमिडियासहितको कक्षा कोठा रहेको विद्यालयमा आफ्नै ओलम्पिक स्ट्याण्डर्सको स्विमिङ पुल, व्यवस्थित पार्किङ, फुटसल, अडिटोरियम हल, थिएटर हल अत्याधुनिक कम्प्युटर ल्याब, सेमिनार हल, चित्रकला कक्षलगायत रहेका छन् । विद्यालयका प्रिन्सिपल सुमन पौडेलले यो वर्ष कक्षा ११ मा विज्ञान, व्यवस्थापन र मानविकी संकायमा ३६० जना विद्यार्थी पढाइने जानकारी दिनुभयो । अहिले विद्यालयले अनलाइन ब्रिज कोर्स र अनलाइन कक्षा भने सञ्चालन गरिरहेको विद्यालयले जनाएको छ । एकेडेमीमा ४० जना शिक्षकहरु रहेका छन् ।

कक्षा ११ विज्ञानमा ३९ हजार भर्ना शुल्क, व्यवस्थापन र मानविकीमा २८ हजार भर्ना शुल्क रहेको छ भने मासिक शुल्क विज्ञानलाई सात हजार र अन्य संकायलाई ६००० रुपैयाँ रहेको एकेडेमीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>