गण्डकी

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५ सय नाघ्यो

Banner

काठमाडौं, साउन १८-

आइतबार गण्डकी प्रदेशमा थप २० जनामा कोरोना पुष्टि भएपछि प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५०५ पुगेको हो।

क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा आइतबार गण्डकी प्रदेशमा २० नयाँ संक्रमित थपिएका हुन्।

आइतबार थपिएका संक्रमितका स्याङ्जाका ८, कास्कीका ६, लमजुङका ३, तनहुँका २ बागलुण्का १ जना रहेका छन्।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए।

गण्डकीमा हालसम्म १२४५ जना आइसोलेसनबाट डिस्चार्ज भएर घर गइसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>