Breaking News
प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगे अध्यक्ष प्रचण्ड र झलनाथ खनाल
०

काठमाडौं, साउन १८-
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता झलनाथ खनाल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा सत्तारुढ नेकपाका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ। आइतबार बिहान पौने १० बजेदेखि शीर्ष नेताहरुबीच छलफल शुरु भएको हो।
छलफलमा नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल लगायतका नेता सहभागी रहेका नेकपा स्रोतले जनाएको छ।
पछिल्लो समय नेकपाभित्र देखा परेको आन्तरिक विवाद समाधानका लागि आइतबार बिहान अध्यक्ष प्रचण्ड र नेता खनाल प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
नेकपामा प्रधानमन्त्री ओलीको राजीनामाको विषयलाई लिएर विवाद तीब्र बनेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























