Breaking News
पर्सामा दिनदिनै बढ्दै कोरोना संक्रमित, आज थप ४५ जनामा कोरोना संक्रमण

वीरगञ्ज, साउन १८–
भारतसंग सीमा जोडिएको पर्सा जिल्लामा पछिल्लो समय दिनदिनै कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएको छ । आज (आइतबार) पर्सामा थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा परीक्षण गर्दा १४ जना महिलासहित ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । ती मध्ये ४३ जना मात्रै वीरगञ्जका छन् ।
उनका अनुसार संक्रमितमध्ये अधिकांश मास टेष्टिङका क्रममा भेटिएका हुन् । कन्ट्याक्ट ट्रेसिङ र पेड पीसीआर गराएकामा पनि कोरोना संक्रमण देखिएको छ ।
यस्तै कोरोना संक्रमित वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीको कन्ट्याक्ट ट्रेसिङ शुरु गरिएको छ । पहिलो चरणको कन्ट्याक्ट ट्रेसिङमा परेका सरावगीको परिवारका दुई सदस्यसहित ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
त्यसैगरी नगर प्रमुखको कन्ट्याक्ट ट्रेसिङमा परेका वीरगञ्ज–११ श्रीपुरका १८ र ४५ तथा वीरगञ्ज–१३ का ३० र १९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
























