चितवन विशेष
चितवन माविमा लायन्स/लियोको वृक्षरोपण

चितवन, साउन १६–
चितवन माध्यमिक विद्यालय परिसरमा शुक्रबार वृक्षरोपण गरिएको छ ।
लायन्स क्लब अफ चितवन माउन्ट एभरेष्ट र लियो क्लब अफ माउन्ट एभरेष्टको संयुक्त आयोजनामा वृक्षरोपण गरिएको हो। विद्यालयमा भएको खाली जग्गामा विभिन्न जातजातिका बिरुवा रोपिएको हो। लियो क्लब अफ चितवन माउन्ट एभरेष्टका अध्यक्ष उमेश थापाले विद्यालय परिसरमा बहुउपयोगी अमला, बेल, जामुन, अर्जुनालगायतका ३० वटा बिरुवा रोपिएको जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टेरनेशनल डिष्ट्रिक्ट ३२५ बी टु का डिष्ट्रिक्ट कोअडिनेटर कमलप्रसाद श्रेष्ठले वृक्षरोपणको सुरुवात गरेका थिए । उनले सो क्रममा बोल्दै विश्व वातावरण जोगउान वृक्षरोपण अनिवार्य रहेको भन्दै विभिन्न समयमा गरिएको वृक्षरोपण पश्चात बिरुवाको गोडमेल र सुरक्षामा पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा लायन्स इन्टेरनेशनल डिष्ट्रिक्ट ३२५ बी टु का जोन चियर पर्सन मेघराज कँडेल, लायन्स क्लब अफ चितवन माउन्ट एभरेष्टका चार्टर्ड प्रेसिडेन्ट लायन पुरन थापा मगर लगायत क्लबका सदस्यहरुको उपस्थिती रहेको थियो । लियो सीता सापकोटाले सहजीकरण गरेको कार्यक्रम लायन्स क्लब अफ चितवन माउन्ट एभरेष्टका अध्यक्ष गोविन्द अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
























