Breaking News

वीरगञ्जमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

Banner

वीरगञ्ज, साउन १६–

कोरोना भाइरस (कोभिड-१९) संक्रमणको कारण वीरगञ्जमा थप दुई जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण एक युवक र एक वृद्ध गरि दुई जनाको बिहीबार मृत्यु भएको हो ।

बिहीबार साँझ वीरगञ्जका ३५ र ६५ बर्षीय दुई पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ड डा.मदन उपाध्यायले जानकारी दिए ।

मृत्यु भएका दुवैजनामा बिहीबार राति नै कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

नगवाका युवकको उपचारको क्रममा अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा बिहीबार राति ८ बजे मृत्यु भएको हो ।

गत साउन ५ गते ज्वरो आएपछि वीरगञ्जको तराई अस्पतालमा भर्ना भएका ती युवकमा कोरोना संक्रमण भएको आशंका भएपछि उपचारको लागि गण्डक अस्पतालमा भर्ना गरिएको थियो।

उनको स्वाब संकलन गरि पीसीआर परीक्षणको लागि नारायणी अस्पतालमा पठाइएकोमा रिपोर्ट आउनु अघि नै बिहीबार राति मृत्यु भएको थियो ।

यस्तै छपकैयाका ७० वर्षका वृद्ध आफनै घरमा बिहीबार बिहान मृत अवस्थामा फेला परेका थिए । बुधबार राति सुतेका ती वृद्ध बिहीबार बिहान नउठेपछि छिमेकीले प्रहरीलाइ खबर गरेका थिए।

प्रहरीले ढोका तोडेर कोठामा पस्दा ती वृद्ध मृत अवस्थामा भेटिएका थिए।

मृतक वृद्धको पनि स्वाब संकलन गरेर नारायणी अस्पतालमा परीक्षणको लागि पठाइएकोमा उनको रिपोेर्ट समेत पोजेटिभ आएको हो ।

दुवै जनाको शव व्यवस्थापनका लागि लागि नेपाली सेनाको जिम्मा लगाइएको छ। योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ५४ पुगेको छ ।

पर्सामा मात्रै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या नौ पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>