चितवन विशेष

चितवनमा बसको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु

Banner

भरतपुर,साउन १६-

चितवनमा बसको ठक्करबाट एक प्रहरीको मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–५ भण्डारामा बा ३ ख १५४७ नंको बसको ठक्करबाट प्रहरी हबल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा कार्यालय जानेक्रममा सवार प्रदेश ३–०३–००१ प ६३२५ नंको स्कुटरलाई बसले विहीबार साँझ ठक्कर दिएको थियोे । गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>