Breaking News

भारतमा कोरोना संक्रमितको नयाँ रेकर्डः एकै दिन सर्वाधिक ५४ हजार बढी संक्रमित

Banner

एजेन्सी,साउन १६–

भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । बुधबारको तुलनामा बिहीबार झण्डै ३ हजार संक्रमित बढेका भारतमा शुक्रबार पनि करिव ३ हजार संक्रमित थपिदै नयाँ रेकर्ड कायम भएको छ ।

शुक्रबार यो समाचार तयार पार्दासम्म भारतमा ५४ हजार ९६६ जना संक्रमित थपिएका छन् । भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या अहिलेसम्मकै धेरै हो । योसँगै भारतमा कुल संक्रमित संख्या १६ लाख ३९ हजार ३५० पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>