Breaking News

वीरगञ्जमा आज फेरि एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु

Banner

वीरगञ्ज, साउन १३–

समुदायस्तरमै कोरोना भाइरस (कोभिड–१९) फैलिएको पर्साको वीरगञ्जमा मृत्युदर समेत बढ्न थालेको छ । आज (विहीबार) कोरोना भाइरसबाटै थप एक जना पुरुषले ज्यान गुमाएका छन् ।

वीरगञ्ज–१६ नगवाका ३५ वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार साँझ ७ः४० बजे निधन भएको गण्डक अस्पतालका चिकित्सक निरज सिंहले जानकारी दिए । ज्वरो आउने, श्वासप्रश्वासमा समस्या आएपछि ती पुरुष मंगलबार गण्डक कोरोना अस्पताल पुगेका थिए ।

योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।

फोटोः फाइल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>