मकवानपुर

हेटौंडामा प्रहरीलाई घुस दिन खोज्ने ४ जना चालक पक्राउ

Banner

हेटौंडा,साउन १५-

मकवानपुर प्रहरीले घुस दिन खोज्ने ४ जना सवारी चालकलाई पक्राउ गरेको छ । हेटौंडा–१९ नेवारपानी चेकपोष्ट र हेटौंडा–९ पशुपतिनगर चेकपोष्टमा जाँचका क्रममा प्रहरीलाई घुस दिन खोज्ने ४ जना सवारी चालकलाई पक्राउ गरेको हो । उनीहरुले सुरक्षा मापदण्ड विपरित राँगा, भैसी ओसारपसा गर्ने क्रममा कागजात पुर्याउन सम्झाउँदा घुस दिन खोज्नेहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले ना ७ ख ६२२४ नम्बरको आइचर चालक बीरगंज–३२ का ३३ बर्षीय नसुरदिन अन्सारी, ना ४ च ८३९४ नम्बरको पिकअपका चालक बारा जितपुर सिमरा–४ का २१ बर्षीय गुलाम अन्सारी, ना६ख ५६२६ नम्बरको ट्रकका चालक बारा सिमरा–३२ का ३४ बर्षीय लाल अन्सारी र ना६ख ९४७ नम्बरको ट्रकका चालक सर्लाही बरहथवा–९ मुर्तियाका २३ बर्षीय अरुण महतोलाई पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुलाई सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा मुद्धा दायर गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले अहिलेसम्म घुस दिन खोज्ने १५ वटा सवारीका चालकलाई मुद्धा दायर गरिसकेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>